काभा बिच भलिबलमा नेपालको महिला र पुरुष दुवै टिम विजयी

2 Aug, 2024

भुटानमा जारी काभा बिच भलिबलमा नेपालको पुरुष र महिला दुवै टिमले लागतार दोस्रो जित निकालेका छन्।

पुरुष टिमले उज्वेकिस्तान र भुटानको बी टिमलाई हराउँदा महिला टिमले आयोजक भुटान र उज्वेकिस्तानलाई हरायो।

थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालले उज्वेकिस्तानलाई २–० को सेटमा हरायो।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले उज्वेकिस्तानका मुहामादिएभ र शारिपोभको जोडीलाई २१–१५, २१–१४ ले पराजित गरेको हो।

त्यसअघि यही टिमले भुटानको बी टिमलाई २–०कै सेटमा हराएको थियो। पहिलो खेलमा नेपाल माल्दिभ्स ए सँग २–० ले पराजित भएको थियो।

यस्तै, कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले भुटानी जोडी लेकेन र डेछेनलाई २१–५, २१–४ ले हरायो।

पहिलो खेलमा यो जोडीले नेपालले उज्वेकिस्तानलाई २१–१७, २१–१५ ले हराएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]