अपराजित रहँदै कर्णाली यशविसले जित्यो एभरेस्ट महिला भलिबल लिग

16 Nov, 2025
Share:
117 Shares

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसले जितेको छ। 

शनिबार साँझ भएको रोमाञ्चक फाइनलमा ललितपुर क्विन्सलाई ३–२को सेटमा हराउँदै कर्णालीले उपाधि जितेको हो। पहिलो सिजनको पनि विजेता कर्णालीले अपराजित रहँदै उपाधि जितेको हो। 

यता, ललितपुर भने लागतार दोस्रो पटक फाइलन पुग्दा पनि उपाधि जित्न असफल भएको छ। दुवै फाइनलमा ऊ कर्णालीसँगै पराजित भएको थियो।

सुरुआती २ सेट कर्णालीले जितेको थियो। उसले पहिलो सेट २६–२४ र दोस्रो सेट २५–१७ले जितेको थियो। तर, त्यसपछि लतिलपुरले पुनरागम गर्दै लागतार दुई सेट जित्दै खेल २–२को बराबरीमा ल्याएको थिाये। कर्णालीले २५–१७ र २५–१३ ले जितेको थियो। 

पाँचौं तथा निर्णायक सेटमा १५–८ले जित निकाल्दै कर्णालीले उपाधि रक्षा गर्‍यो। 

कर्णालीकी कप्तान सुमित्रा भण्डारी सर्वोत्कृष्ट खेलाडी बनिन् भने ललितपुरका सलिना श्रेष्ठ वेस्ट लिबेरो, लुम्बिनीकी अरुणा शाही वेस्ट सेटर, काठमाडौंकी उषा भण्डारी वेस्ट स्पाइकर, कर्णालीकै सफिया पुन वेस्ट सर्भर बने।