भलिबलकी कविताले जितिन् ‘पिपल्स च्वाइस’ अवार्ड

13 Sep, 2024
Share:
117 Shares

पल्सर स्पोट्स अवार्डको सबैभन्दा चर्चित विधा ‘पिपल्स च्वासइ’ विधाको अवार्ड राष्ट्रिय महिला भलिबल टिमकी सदस्य कविता भट्टले जितेकी छिन्।

शुक्रबार साँझ कमलादीस्थित प्रज्ञा भवनमा भएको विशेष समारोहमा कवितालाई ‘पिपल्स च्वाइस’ अवार्ड प्रदान गरियो।

खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई–सेवाको भोटिङका आधारमा ‘पिपल्स च्वाइस’ अवार्डको विजेता चयन गरिएको हो।

यसक्रममा कविताले क्रिकेटका गुल्सन झा, कबड्डीकी मानमति विष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठलाई पछि पारिन्।

कविताले सर्वाएधिक ५६ प्रतिशत मत पाइन् भने कबड्डीकी मानमति दोस्रो, फुटबलकी प्रिति तेस्रो स्थानमा रहे। उनीहरुले समान १६ प्रतिशशत मत प्राप्त गरे।

क्रिकेटका गुल्सन र रग्बीका श्रीरामले भने समान ४ प्रतिशत मत मात्र प्राप्त गर्न सके।

अवार्डसँगै कविताले पल्सरको मोटरसाइकल प्राप्त गरेकी छिन्।