काभा यू-२० महिला भलिबलमा नेपाली टिम पहिलो खेलमा पराजित

19 Jul, 2024

काभा यू–२० महिला भलिबल च्याम्पियनसिप २०२४ को पहिलो खेलमा नेपाली टिम पराजित भएको छ।

माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा बिहीबार भएको खेलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भयो।

नेपालले जितका साथ प्रतियोगिता सुरु गर्ने लक्ष्य राखेपनि सोचे अनुसारको प्रदर्शन गर्न नसक्दा पहिलो खेलमै पराजित भयो।

पहिलो सेट २५–२० ले हाराएको नेपालले दोस्रो सेट टाइब्रेकरमा २६–२४ ले आफ्नो पक्षमा पार्दै खेललाई १–१को बराबरीमा ल्यायो। त्यसपछिका २ खेलमा नेपाल २५–११ र २५–१८ ले पराजित भयो।

खेलमा नेपालले पहिलो खेलमा सोचे अनुसार प्रदर्शन गर्न नसकेको मुख्य प्रशिक्षक कुमार राईले बताए। पहिलो खेल भएकोले नेपाली टिममा तालमेलको अभाव देखिएको थियो।

अब नेपालले आज कीर्गिस्तानसँग खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]