काभा यू–२० महिला भलिबलमा नेपाल तेस्रो

25 Jul, 2024

नेपाल काभा यू–२० महिला भलिबल प्रतियोगितामा तेस्रो भएको छ। नेपालले आयोजक माल्दिभ्सलाई सोझो सेटमा निराश पार्दै तेस्रो स्थान रक्षा गरेको हो।

माले सिटीस्थित सोसल सेन्टर इन्डोर हलमा मंगलबार तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा नेपाल २५–१५, २५–१० र २५–१४ ले विजयी भयो । उपाधि जित्ने लक्ष्य राखेको नेपालको युवा टोलीले सोचेजस्तो प्रदर्शन गर्न सकेन।

चार राष्ट्र सहभागी काभा यू–२० महिला भलिबलमा नेपालले पाँच खेलमा दुई खेल निकाल्यो। नेपालले प्रतियोगितामा दुई जित निकालेको माल्दिभ्सविरुद्ध नै हो। नेपाल किर्गिस्तानसँग दुईपटक र श्रीलंकासँग एकपटक पराजित भयो।

लिग चरणमा नेपाल पहिलो खेलमा श्रीलंकाबाट ३–१ को सेटमा पराजित भयो । दोस्रो खेलमा किर्गिस्तानले नेपालमाथि ३–० को सेटमा जित निकाल्यो। नेपालले माल्दिभ्सलाई ३–० कै सेटमा हरायो।

लिग चरणमा तेस्रो भएपछि नेपालले सेमिफाइनलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। किर्गिस्तान अन्तिम दुई प्रवेशको खेलमा नेपाललाई सोझो सेटमै निराश पार्‍यो।

युवा टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको हो । पाँच खेलमा नेपाली युवा खेलाडी रिसिभ, ब्लक र डिफेन्समा कमजोर देखियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]