काभा महिला भलिबलको फाइनल प्रधानमन्त्री ओलीले कभर्ड हलबाटै हेर्ने

7 Aug, 2024
Share:
117 Shares

प्रधानमन्त्री केपी ओलीले काभा महिला नेसन्स लिग भलिबलको फाइलन त्रिपुरेश्वरस्थित कभर्ड हलमै गएर हेर्ने भएका छन्।

काभा महिला भलिबलमा पहिलो पटक फाइलनमा पुगेको नेपालले साँझ ५ बजे हुने खेलमा भारतको सामना गर्दैछ।

नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री ओली कडर्भ हलमै उपस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपाल इरानलाई ३–० को सोझो सेटमा पराजित फाइनल हो भने यता भारतले पजि श्रीलंकालाई ३–० कै सोझो सेटमा हराएको थियो।

लिग चरणमा भारतलाई ३–२ सेटमा हराइसकेका नेपाल पुनः भारतलाई भारतलाई हराउँदै उपाधि जित्ने योजनामा छ।