काभा महिला क्लब भलिबलमा नेपाल पुलिस क्लबको लागतार दोस्रो जित

16 Sep, 2024

माल्दिभ्समा जारी काभा महिला क्लब च्याम्पियनसिपमा नेपाली टिम नेपाल पुलिस क्लबले लगातार दोस्रो खेलमा जित निकालेको छ।

सोमबार भएको खेलमा पुलिस क्लबले श्रीलंका एयर फोर्समाथि ३–० को सोझो सेटमा जित निकाल्यो।

अधिकांश राष्ट्रिय खेलाडीले भरिएको पुलिसले पहिलो सेट २५–१६ ले जितेको थियो भने दोस्रो सेटमा २५–२०ले जित्यो । तेस्रो सेट प्रतिस्पर्धात्मक बन्यो। जसमा पुलिस क्लब २५–२१ले विजयी भयो।

पुलिसले आइतबार भएको पहिलो खेलमा उज्वेकिस्तानको हुमो भिसीलाई पनि ३–० को सोझो सेटमा हराएको थियो।

पुलिसले अब तेस्रो खेल मंगलबार ताजकिस्तानको भिसिडीसँग खेल्ने छ। प्रतियोगितामा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, श्रीलंका, ताजकिस्तान र कीर्गिस्तानका क्लबको सहभागिता छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]