काभा महिला भलिबल लिगमा इरानले श्रीलंकालाई हरायो

2 Aug, 2024

काभा महिला भलिबल नेसन्स लिगमा इरानले पहिलो जित निकालेको छ। इरानले शुक्रबारको पहिलो खेलमा श्रीलंकाविरुद्ध ३–२ को रोमाञ्चक सेटमा जित निकालेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा खेलको पहिलो र दोस्रो सेट इरानले २५–२०, २५–१२ ले जितेको थियो।

तर, यसपछिका लगातार दुई सेट श्रीलंकाले जितेपछि खेल पाँचौं सेटसम्म धकेलियो। तेस्रो र चौथो सेट श्रीलंकाले २५–२२, २५–१३ ले जितेको थियो ।

अन्तिम सेटमा आफ्नो पक्षमा बनाउँदै इरान खेल जित्यो। अन्तिम सेट इरानले १५–११ ले जितेको थियो ।

प्रतियोगितामा इरानको यो पहिलो जित हो। इरान यसअघि पहिलो खेलमा भारतसँग ३–१ को सेटमा पराजित भएको थियो।

यस्तै, श्रीलंकाको भने यो प्रतियोगितामा लगातार दोस्रो हार हो। श्रीलंका यसअघि पहिलो खेलमा घरेलु टिम नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]