इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

6 Aug, 2024
Share:
117 Shares

नेपाल घरेलु मैदानमा जराी काभा महिला नेसन्स लिग भबिलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार साँझ त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको सेमिफाइनलमा बलियो इरानविरुद्ध ३–०को सोझो सेटमा जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।

इरानविरुद्ध नेपालले पहिलो सेट २५–२१ ले जित्यो। दोस्रो सेट भने निकै प्रतिस्र्पधात्मक रह्यो। एक समय ६ अंकको अग्रता बनाएको नेपाल २४–२१ ले पछि परेको थियो। तर, त्यसपछि नेपालले २ पटक सेट प्वाइन्ट जोगाउँदै २८–२६ले इरानलाई रह्यो। यसमा उषा भण्डारी र निरुता ठगुन्नाको स्पाइक महत्वपूर्ण रह्यो।

तेस्रो सट भने सुरुआतदेखि नै प्रतिस्पर्धात्मक बन्यो। कहिले कहिले इरान र कहिले नेपालले १–२ अंकको अग्रता बनाए। तर, अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्दै नेपालले तेस्रो सेट २५–२० ले जित्यो इरानलाई सोझो सेटमा हरायो।

यो जितसँगै नेपालले समूह चरणमा प्राप्त हारको बदाल इरानसँग लिएको छ। अब नेपालले उपाधिका लागि भोलि साँझ भारतसँग खेल्नेछ। भारत आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–०को सेटमा हराउँदै फाइनल पुगेको हो।

भोलि नै इरान र श्रीलंकाबीच तेस्रो स्थानमा लागि खेल हुनेछ।