काभा महिला नेसन्स लिग भलिबल आजबाट, नेपालले श्रीलंकासँग खेल्दै

1 Aug, 2024

काभा महिला नेसन्स लिग भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।

५ टिम सहभागीप्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ।

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ।

आजै हुने दोस्रो खेलमा भारत र इरान खेल्नेछन्। सो खेल आज साँझ पौने ६ बजे सुरु हुनेछ।

लगातार दोस्रो पटक घरेलु मैदानमा काभा नेसन्स लिग खेल्न लागेको नेपाली टोली उच्च मनोबलमा छ। अरुणा शाहीको नेतृत्वमा रहेको नेपाली टिमले डेढ महिनादेखि प्रतियोगिताको तयारी गरेको छ। नेपाली टिमले रुससँग घरेलुमै मैदानमै २ अभ्यास खेल पनि खेलेको थियो।

लिगको दोस्रो खेलमा नेपालले १९ गते शनिबार भारतसँग, साउन २० गते आइतबार इरान र लिग चरणको अन्तिम खेलमा साउन २१ गते सोमबार मालदिभ्ससँग खेल्नेछ।

पाँच टोली सहभागी लिगको शीर्ष स्थानमा रहने चार टोलीले सेमिफाइनल खेल्नेछन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]