काभा महिला क्लब भलिबल खेल्ने पुलिस टिमको बिदाई

8 Sep, 2024

काभा महिला क्लब भलिबल च्याम्पियनसिप खेल्ने नेपालको विभागीय टिम नेपाल पुलिक क्लबको टिमलाई बिदाई गरिएको छ।

आइतबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक बसन्त कुँवरले भलिबल टिमलाई बिदाई गरे।

खेलाडीलाई बिदाई गर्दै महानिरीक्षक कुँवरले खेलकुद नेपाल प्रहरीको ऐतिहासिक र अभिन्न अंगको रूपमा जोडिएको चर्चा गर्दै देशको खेलकुद विकासमा नेपाल प्रहरीले पुर्याएको योगदान उल्लेखनीय रहेको बताए।

प्रहरीका महिला खेलाडीहरूले विभिन्न कालखण्डमा हासिल गरेका उपलब्धीहरूले नेपाल प्रहरीमा सशक्त र क्षमतावान् महिला खेलाडीहरू रहँदै आएका छन् भन्ने कुरालाई समेत पुष्टी गरेको र अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताले महिला खेलाडीहरूको क्षमतालाई पुष्टी गर्न थप अवसर प्रदान गर्ने उनले बताए।

प्रहरी महानिरीक्षक कुँवरले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई देशकै प्रतिनिधित्व गरेको हुँदा उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देश र संगठनको गरिमा बढाउन सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना समेत दिए।

नेपालको भलिबल लिग जितेको पुलिसले काभा महिला क्लब भलिबल च्याम्पियनसिपका लागि नेपालको राष्ट्रिय टिमका सरस्वती चौधरी, निरुता ठगुन्ना र सुमित्रा रेग्मीलाई भित्र्याएको छ। घरेलु भलिबल सरस्वती र निरुता एपिएफ र सुमित्राले न्यु डाइमन्डबाट खेल्छन्।

प्रतियोगितामा माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]