काभा महिला क्लब भलिबल च्याम्पियनसिपको च्याम्पियन नेपाल पुलिस क्लब स्वदेश फर्कियो [तस्बिरहरू]

23 Sep, 2024
Share:
117 Shares

माल्दिभ्समा भएको काभ महिला क्लब भलिबल च्याम्पियन्सिपको उपाधि जितेको नेपालको विभागी टिम नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ।

सरस्वती चौधरी, उषा भण्डारीलगायत अधिकांश राष्ट्रिय खेलाडीले भरिएको पुलिस टिम उपाधिसहित केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

विजेता टोलीलाई प्रहरीका अधिकृतहरुले विमानस्थल परिसरमा ब्याण्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरे । साथै खेलाडीहरुलाई फूल र बेलुनले सजाइएको प्रहरी भ्यानमा राखेर गन्तव्यतर्फ पुर्‍याइएको थियो ।

शनिबार राति भएको फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा हराउँदै पुलिसले अपराजित रहँदै उपाधि जितेको थियो।

लिगमा शीर्ष स्थानमा रहँदै पुलिस फाइलन पुगेको थियो। प्रतियोगितामा ५ देशका ६ टिमको सहभागीता थियो।