सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

काभा महिला क्लब भलिबलमा पुलिस क्लबको लागातार तेस्रो जित

माल्दिभ्समा जारी काभा महिला क्लब भलिबल लिग च्याम्पियनसिपमा नेपालको विभागीय टिम नेपाल पुलिस क्लबले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। यही क्रममा पुलिसले प्रतियोगिताम लातगार तेस्रो जित निकालेको छ।

प्रतियोतिगामा लागतार तेस्रो जित निकाल्ने क्रममा पुलिसले ताजकिस्तानको डियामेद भलिबल क्लबलाई ३–० को सेटमा हरायो।

माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले पहिलो सेट२५–१५ ले जित्यो। त्यसपछि दोस्रो २५–१२ ले जितेको पुलिसले तेस्रो सेट २५–१५ ले जित्यो सहज जित निकाल्यो।

जारी प्रतियोतिगामा नेपाल पुलिस क्लबले एक सेट पनि गुमाएको छैन। यसअघि उसले उज्वेकिस्तानको ह्युमो क्लब र श्रीलंकाको एयर फोर्स क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो ।

नेपालको लिग च्याम्पियन पुलिसले चौथो खेल माल्दिभ्स पुलिससँग खेल्नेछ।

1.3Kशेयर