टाइगर कप भलिबलको महिलातर्फको उपाधि टाइगर ग्रुपले जित्यो

2 Feb, 2025
Share:
117 Shares

पाँचौ टाइगर कप भलिबलको महिलातर्फको उपाधि आयोजक टाइगर ग्रुपले जितेको छ।

आइतबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइलनमा डिफन्डिङ च्याम्पिनय विभागीय टिम एपीएफ क्लबलाई ३(२ को सेटमा हराउँदै टाइगर ग्रुपले उपाधि जितेको हो।

टाइगर ग्रुपले खेलमा दुई पटक पछि परेको स्थिती उल्टाउदै पुनरागमन जित निकालेको हो।

यो जितसँगै टाइगर ग्रुपले पहिलो क्वालिफायरमा व्यहोरेको हारको बदला समेत लिएको छ । फाइनलसम्म अपराजित एपीएफले अन्तिम खेलमा पराजित हुँदा उपाधि रक्षा गर्न सकेन ।

आयोजकले आफ्नो छुट्टै टोली बनाएर खेलेको यो पहिलो पटक हो र आयोजक टोलीले पहिलो पटकमै उपाधि जितेको हो । च्याम्पियन टाइगर ग्रुपले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । फाइनलमा पराजित भएको एपिएफले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।

पुरुषतर्फ आजै नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।