टाइगर कप भलिबल : पुरुष तर्फको उपाधि हेल्प नेपालले जित्यो

20 Jan, 2024

पोखरामा भएको चौथो टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ।

शनिबार भएको पोखरा रंगशालामा फाइलनमा घरेलु टोली गण्डकीलाई ३–१को सेटमा हराउँदै हेल्प नेपालले उपाधि जितेको हो।

पोखरा रंगशालामा हेल्प नेपालले पहिलो र दोस्रो सेट क्रमशः २५–१३ र २५–१८ ले जित्यो। तेस्रो सेट २५–२३ ले जित्दै गण्डकीले पुनरागमन आशा जगायो। तर, चौथो सेट २५–१७ ले जित्दै हेल्प नेपाल च्याम्पियन बन्यो।

प्रतियोगिताका लागि हेल्प नेपालले पाकिस्तानका राष्ट्रिय खेलाडी ३ खेलाडी खेलाएको थियो। उसको यो टाइगर कपको पहिलो उपाधि हो।

उपाधि विजेता हेल्प नेपालले टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पायो भने उपविजेता गण्डकीले समान २ लाख ५५ हजार ५५५ रुपैयाँ पायो।