टाइगर कप भलिबलमा एपिएफको लगातार दोस्रो जित

27 Jan, 2025
Share:
117 Shares

विभागीय टोली एपिएफ क्लबले एनसेल पाँचौ टाइगर कप भलिबलको महिलातर्फ लगातार दोस्रो खेल जितेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबारको पहिलो खेलमा एपिएफले टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गरेको थियो।

यसैगरी आज पनि एपिएफले डायमण्डलाई २५–२२, २५–२३ र २५–२१ को सेटमा पराजित गर्यो । आजबाट प्रतियोगितामा लिग चरणका खेलहरु सुरु भएको छ।

अब अर्को खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्नेे टोलीको छुट्टाछुट्टै समूह बनेका छन्। ती समूहअन्तर्गत लिग खेल हुनेछ। एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्नेछन्।

पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ।

हार्ने समूहबाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन्। टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ।