काभा यू–२० महिला भलिबल खेलेर फर्कियो नेपाली टिम

25 Jul, 2024
Share:
117 Shares

काभा यू–२० महिला भलिबल च्याम्पियनसिप खेलेर नेपाली टिम बिहीबार स्वदेश फर्किएको छ।

माल्दिभ्समा भएको प्रतियोगिता खेलेर नेपाली टिम बिहीबार साँझ स्वदेश फर्किएको हो। नेपाली टिमलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायत संघका पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

चार राष्ट्र सहभागी प्रतियोगितामा नेपालले तेस्रो भएको थियो । नेपालले समूह चरण र तेस्रो स्थानका लागि भएको खेलामा माल्दिभ्सलाई ३–०को सेटमा हराएको थियो।

नेपाल समूह चरणमा श्रीलंका र कीर्गिस्तानसँग पराजित भएको थियो। सेमिफाइलनमा पनि नेपाल कीर्गिस्तानसँग पराजित भएका थियो। यी दुई टिमविरुद्ध नेपालले १ सेट मात्र जितेको थियो।

नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार राईले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएकोले अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको बताए। उनले यो प्रतियोगिताबाट धेरै अनुभव लिने मौका मिलेको बताए।

नेपाली टिमकी कप्तान जेनिशा विश्वकर्माले नेपाललाई तयारीका लागि कम समय भएकोले राम्रो प्रदर्शन हुन नसकेको बताए।