महिला भलिबल खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने

16 Aug, 2024
Share:
117 Shares

काभा महिला नेशनल भलिबल लिगको उपविजेता नेपाली महिला भलिबल टिमका खेलाडीलाई सरकारले नगदसहित सम्मान गर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २ साताअघि घरेलु मैदानमा भएको काभा महिला नेसन्स लिगको उपविजेता बनेको नेपाली टिमका १४ सदस्यलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।

राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम खेलाडीलाई नगद पुरस्कार दिने निर्णय गरेको हो।

बैठकले मुख्य प्रशिक्षक २ लाख, व्यवस्थापक र सहायक प्रशिक्षक र फिजियोलाई जनही १ लाख २० हजार रुपैयाँ दिने निर्णय गरेको हो।

२ सातअघि भएको लिगमा नेपाल फाइनलमा भारतसँग ३–२को सेटमा पराजित हुँदै उपविजेता बनेको थियो।