सहाना प्रधान यू–१९ भलिबल : गण्डकीलाई हराउँदै लुम्बिनी सेमिफाइनलमा

26 Jun, 2024
Share:
117 Shares

लुम्बिनी प्रदेश प्रथम सहाना प्रधान यू–१९ भलिबल प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै लुम्बिनी सेमिफाइनल प्रवेश गरेको छ। लुम्बिनीले गण्डकीलाई २५–१७, २५–२१ र २५–२१ को सोझो सेटमा हरायो।

गण्डकीले हारे पनि समूह बी को उपविजेताको सेमिफाइनल पुगेको छ। लुम्बिनी ४ अंकसहित समूह विजेता बनेको छ ।

पहिलो खेलको ३ अंक जोडेका कारण हारका बाबजुत पनि गण्डकी सेमिफाइनल पुगेको हो। कोशी भने २ अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ।

यससँगै पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ। जसमा समूह ए बाट सुदूरपश्चिम र बागमती तथा समूह बी बाट लुम्बिनी र गण्डकी प्रदेशले सेमिफाइनल खेल्ने भएका छन् ।

महिलातर्फ समूह ए बाट कोशी प्रदेश र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् । समूह बी बाट गण्डकी र बागमती सेमिफाइनल पुगेका छन्।