सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

हेटौंडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ।

आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिका न्यू डाइमन्ड क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो। एपिएफले न्यू डाइमन्डविरुद्ध १९–२५, २०–२५, १७–२५ र २३–२५ को सेटमा जित निकाल्यो।

उपाधिसहित एपिएफले दुई लाख रुपैयाँ जित्यो भने न्यू डाइमन्डले एक लाख रुपैयाँमा चित्त बुझायो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी निरुता ठगुन्ना, उत्कृष्ट प्रशिक्षक विजय केसी र उत्कृष्ट सर्भर एपिएफका सरस्वती चौधरी बनिन् भने उत्कृष्ट स्पाइकर जेनिसा विश्वकर्मा, ब्लकर सुमित्रा रेग्मी, डिफेन्डर सलिना श्रेष्ठ र सेटर प्रगति नाथ घोषित भए। चारै खेलाडी न्यू डाइमन्डका हुन्।

सर्वोत्कृष्ट खेलाडीले १५ हजार र विधागत उत्कृष्टले नगद पाँच हजारसहित ट्रफी प्राप्त गरे। पाँचवटा टोलीको सहभागिता रहेको प्रतियोगिता सिङ्गल राउन्ड रोविनका आधारमा सञ्चालन भएको थियो।

1.3Kशेयर