एनआरटी बुढासुब्बा गोल्डकपको फाइनलमा, उपाधिका लागि चर्च बोइजसँग खेल्ने

6 Feb, 2025
Share:
117 Shares

न्युरोड टिम (एनआरटी) बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार धरान रंगशालामा बिहीबार भएको खेलमा पाहुना टोली भारतको युनाइटेड कर्साङ फुटबल क्लबलाई ३–१ ले हराउँदै एनआरटी फाइनलमा पुगेको हो। एनआरड प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो।

प्रतिस्पर्धात्मक बनेको खेलमा २८औं मिनेटमा एनआरटीका शिशिर लेखीले पहिलो गोल गरे। ३१औँ मिनेटमा युकेएफसीका नबोदित नार्जिनरीको पासमा हेमराज भुजेलले गोल फर्काए। ४५औँ मिनेटमा एनआरटीका प्रदीप बुढाथोकीले गोल गर्दै युकेएफसीलाई एक गोलले पछि पारेको थियो।

७६औँ मिनेटमा एनआरटीका प्रदीप बुढाथोकीले थप एक गोल गर्दै टिमका लागि सहज जित निकालेका थिए। उनले शिशिर लेखीको पासमा निर्णायक गोल गर्दै एनआरटीलाई फाइनलको यात्रा तय गराए। खेलमा प्रदीपले व्याक्तिगत दुई गोल गरेका थिए।

अब उपाधिका लागि २६ माघमा एनआरटीले चर्च बोइजको सामना गर्नेछ।