नेपाल पुलिस क्लब ११औं पटक आहा रारा गोल्डकपको फाइनलमा, चर्च बोइज पराजित

12 Feb, 2025
Share:
117 Shares

नेपाल पुलिस क्लब ११औं पटक आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

बुधबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै पुलिस क्लब ११औं पटक फाइनलमा पुगेको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ५८औं मिनेटमा सञ्जिब लामाले उत्कृष्ट गोल गर्दै पुलिसलाई अग्रता दिलाए। त्यही अग्रता जोगाउँदै पुलिस उपाधि नजिक पुग्यो।

पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोली मध्ये एक हो । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले समान ६ पटक पोखरा उपाधि जितेको छ। सर्वाधिक फाइनल खेल्ने टिम मनाङ मर्स्याङ्दी हो। उसले १२ पटक फाइनल खेलेको छ।

पुलिसले थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ।