कोन्सेसाओको गोलमा युभेन्ट्सले इन्टरलाई हरायो, इन्टरले गुमायो शीर्ष स्थानमा उक्लने मौका

17 Feb, 2025
Share:
117 Shares

इटालियन सिरिएमा युभेन्ट्स विजयी भएको छ। आइतबार राति घरेलु मैदानम भएको खेलमा फेडेरिको कोन्सेसाओको निर्णायक गोल मद्दतमा युभेन्ट्सले इन्टर मिलानलाई १–०ले हरायो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ७४औं मिनेटमा कोन्सेसाओले रोनाल्ड कोलो मुआनीको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

खेलमा त्यसपछि गोल नहुँदा युभेन्ट्स विजयी भयो।

जितपछि युभेन्ट्स लाजियोलाई पछि पार्दै शीर्ष चारमा फर्किएको छ। उसको २५ खेलमा ४६ अंक भएको छ ऊ शीर्ष स्थानको नापोलीभन्दा १० अंकले पछि छ। यता, इन्टर भने हारपछि पनि ५४ अंकसहित दोस्रो स्थानमा छ। जित निकालेको भने ऊ शीर्ष स्थानमा पुग्ने थियो।