सेल्टिकसँग रोकियो बायर्न, तर नकआउटमा, बेन्फिका पनि अन्तिम १६मा

19 Feb, 2025
Share:
117 Shares

जर्मन जायन्ट बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको नकआउटमा प्रवेश गरेको छ। मंगलबार राति भएको नकआउट प्लेअफको दोस्रो खेलमा सेल्टिकसँग १–१को बराबरीमा रोकिए पनि बायर्न नकआउटमा पुगेको छ।

पहिले लेगमा प्राप्त २–१को उसका लागि नकआउट पुग्न पर्याप्त रह्यो। बायर्नले प्लेअफमा समग्रमा ३–२को जित निकाल्यो।

दोस्रो लेगमा अग्रता भने सेल्टिकले लिएको थियो। ६३औं मिनेटमा उसका लागि निकोलस कुनले गोल गरेका थिए। तर, ९०औं मिनेटमा बायर्नका लागि अल्फन्सो डेविसले गोल गर्दै खेलालाई बराबरीमा ल्याएका थिए।

यस्तै, अर्को खेलमा बराबरी खेल्दै पोर्चुगिज क्लब बेन्फिका पनि नकआउट चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा बेन्फिकाले फ्रेन्च क्लब मोनाकोसँग ३–३ गोलको बराबरी खेलेको हो।

यो बराबरीसँगै उसले समग्रमा ४–३को जित निकाल्यो। पहिलो लेगमा बेन्फिका १–०ले विजयी भएको थियो।