साम्बालाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’बाट सम्मान गरिने

19 Feb, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइरक सावित्रा भण्डारी ‘साम्बा’लाई सरकारले सम्मान गर्ने भएको छ।

७५औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित मूल समारोहमा सरकारले नेपाली खेलकुदमा पु¥याएको योगदान वापत सावित्रालाई सम्मान गर्ने घोषणा गरेको हो।

सावित्रालाई एक विशेष समारोहबीच ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’बाट सम्मानित गरिनेछ।

यो पुरस्कार विभिन्न क्षेत्रका अन्य ९ जनालाई पनि प्रदान गरिनेछ।

फ्रान्समा व्यवसायिक फुटबल खेलिरहेकी सावित्रा अहिले काठमाडौंमै छिन्। जारी चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न उनी आइतबार बिहान मात्रै काठमाडौं आएकी थिइन्।

साँझ उनले दशरथ रंगशालामा कीर्गितस्थानविरुद्ध खेलेकी थिइन्। साम्बा दोस्रो हाफमा मैदान उत्रिएको खेलमा नेपाल १–०ले विजयी भएको थियो।

साम्बा दक्षिण एसियाकै सबैभन्दा उत्कृष्ट स्ट्राइकर हुन्। उनले नेपालका लागि ५२ खेलमा ५३ गोल गरेकी छिन्।