इंग्लिस प्रियिमर लिगमा अर्सानल घरमै पराजित भएको छ। शनिबार राति भएको खेलमा आर्सनलर इमिरेट्समै वेस्टह्यामसँग १–०ले पराजित भयो।
खेलमा जेरार्ड बोवेनले ४४औं मिनेटमा निर्णायक गोल गरे। खेलमा १ गोलले पछि परेको अवस्थामा आर्सनल ७३औं मिनेटमा १० खेलाडीमा समेटियो। उसका म्यालेस लेविस स्किलीले रातो कार्ड पाएका थिए। एक महिनामा उनको यो दोस्रो रातो कार्ड हो।
१० खेलाडीमा समेटिएपछि अर्सान दबाबमा आएको थियो। उसले गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन्। फ्रन्टलाइनका सबै खेलाडी घाइते हुँदा आर्सनलले अहिले दाबबमा छ।
घरमै पराजित भएपछि आर्सनललाई उपाधि होडमा धक्का लागेको छ। ऊ शीर्ष स्थानको लिभरपुलभन्दा ८ अंकले पछि परेको छ। अर्सानलको ५३ र लिभरपुलको ६१ अंक छ। यता, वेस्टह्याम भने ३० अंकसहित १६औं स्थानमा छ।