भुटानी क्लबलाई हराउँदै मछिन्द्र केपी ओली कपको समिमा, फाइनल प्रवेशका लागि आयोजकसँग खेल्ने

25 Feb, 2025

भुटानी क्लब एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र एफसी सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार दिउँसोसादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ट्रान्सपोर्ट युनाइटेडमाथि १–० को जित निकाल्दै मछिन्द्र सेमिफाइनलमा पुगेको हो।

प्रतिस्पर्धात्क खेलमा मछिन्द्रलाई जित स्टेफेन जलीले निर्णायक गोल गर । उनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोल गरेका थिए।

अब मछिन्द्रले फाइनल प्रवेशका लागि आयोजक केपी ओली एफसीसँग खेल्ने छ। केपी ओली एफसी एनआरटीलाई हराउँदै सेमिफाइनल पुगेको हो।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]