कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलमा दुई हेभिवेट क्लबले बार्सिलोना र एट्लेटिको मड्रिडले रोमाञ्चक बराबरी खेलेका छन्। मंगलबार राति क्याम्न नाउमा भएको खेलमा दुवै टिमले ४–४ गोलको बराबरी खेलेका हुन्।
खेलमा बार्सिलोनाले दुई गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै अग्रता बनाएको थियो। तर, एट्लेटिकोले अन्त्यमा कमब्याक गर्दै खेलालाई २–२को बराबरीमा ल्यायो।
खेलमा बार्सिलानाका पेड्री, रोबर्ट लोवान्डोस्की, पाउ कुबासी र इनिगो मार्टिनेजले गोल गरेका थिए भने एट्लेटिकोका जुलियन अल्भारेज, एन्टोइन ग्रिजमन, मार्कस लोरन्टे र अलेक्जान्डर सोर्लोथले गोल गरेका थिए।
खेलको पहिलो मिनेटमै अल्भारेजको गोलमा एट्लेटिकोले सुरुआती अग्रता लियो। छैटौं मिनेटमा ग्रिजमनले गोल गरेपछि एट्लेटिकोले सुरुआतमै बार्सिलोनाविरुद्ध २–०को अग्रता बनायो।
तर, १८औं मिनेटठमा पेड्री गोल गर्दै बार्सिलोनलाई खेलमा फर्काए। त्यसको चार मिनेटपछि नै कुबासीले गोल गर्र्दै खेलालाई २–२को बराबरीमा ल्याए। त्यसपछि ४१औं मिनेटमा मार्टिनेजले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–२को अग्रता बनायो।
बार्सिलोना जिततर्फ अग्रसर भइरहेका बेला दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सोर्लोथले गोल गरेपछि खेल ४–४ गोलको बराबरीमा सकियो।
दोस्रो लेग अब अप्रिल ३ मा हुनेछ। अर्को सेमिफाइनलमा आज रियल मड्रिड र रियल सोसिडाड भीड्दै छन्।