एन्ड्रिकको निर्णायक गोलमा रियल विजयी

27 Feb, 2025
Share:
117 Shares

स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ। बुधबार राति भएको खेला ब्राजिलियन युवा स्ट्राइकर एन्ड्रिकको निर्णायक गोल मद्दतमा रियल मड्रिडले रियल सोसिडाडमाथि १–०को जित निकाल्यो।

प्रतिस्पर्धात्मक बनेको खेलमा रियलले १९औं मिनेटमा एन्ड्रिडको गोलमा अग्रता लियो। उनले जुड बेलिङ्घमको पासमा गोल गरेका थिए। त्यसपछि खेलमा थप गोल नहुँदा एन्ड्रिडको गोल नै निर्णायक बन्यो।

खेलमा बल पोजेसन भने सोडिडाडको बढी थियो। उसले ५२ प्रतिशत बल पोजेसन बनाउँदै ११ सट प्रहार गर्दा ६ सट फ्रेममा थियो। यता, रियलले १४ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो।

अब यी दुईबीचको सेमिफाइनलको दोस्रो लेग अप्रिल २मा बर्नाबेउमा हुनेछ।