हालान्डाको गोलमा सिटीले टोटनहमलाई हरायो, युनाइटेड पनि विजयी

27 Feb, 2025

प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ। मिडविकमा भएको खेलमा म्यान्चेस्टर सिटीले टोटनहममाथि १–०को जित निकाल्यो।

सिटीलाई साँघुरो जित दिलाउन अर्लिङ हालान्डले निर्णायक गोल गरे। उनले खेलको १२औं मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि थप गोल नहुँदा सिटी विजयी भयो।

यो जितपछि सिटी ४७ अंकसहित चौथो स्थानमा छ । यता, टोटनहम भने ३३ अंकसहित १३औं स्थानमा छ।

यस्तै, अर्को खेलमा म्यानचेस्टर युनाइटेड पनि विजयी भयो। १० खेलाडीमा समेटिएको युनाइटेडले इपस्विच टाउनमाथि ३–२को जित निकाल्यो।

खेलमा युनाइटेडका ह्यारी मग्वायर र म्याथिस डे लिटले गोल गरेका थिए भने अर्को गोल आत्मघाती भएको थियो। यता, इप्स्विचका जडेन फिलोगेनले दुवै गोल गरेका थिए। खेलमा युनाइटेडका प्याट्रिक डोर्गुले ४३औं मिनेटमा रातो कार्ड पाएका थिए।

युनाइटेड ३३ अंकसहति १४औं स्थानमा छ भने इप्स्विचन १७ अंकसहति १८औं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]