केपी ओली कपको उपाधिका लागि मछिन्द्र र आर्मी भिड्दै

3 Mar, 2025
Share:
117 Shares

केपी ओली कप च्याम्पियनसिप फुटबलमा उपाधिका लागि आज मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न साढे ५ बजे सुरु हुनेछ।

मछिन्द्र क्लब सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई हराउँदै फाइनलमा पुगेको हो भने संकटालाई पराजित गर्दै त्रिभुवन आर्मीले फाइनल यात्रा तय गरेको हो।

फाइलनअघि भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन्।

मच्छिन्द्र क्लबका प्रशिक्षक सन्तोष न्यौपानेले फाइनलका लागि तयार रहेकोको बताउँदै उपाधि जोगाउन दबाब रहेको पनि बताए। उनले ९० मिनेटभित्रै गोल गरेर नतिजा निकाल्ने लक्ष्य रहेको बताए।

यस्तै कप्तान विशाल श्रेष्ठले राम्रो खेल्दै जित्ने प्रयास आफूहरुको रहेन बताए। प्रतियोतिगामा आफूहरुले मेहनत गरिरहेको बताउँदै फाइनलमा पनि राम्रो खेलेर जित्ने प्रयास रहने बताए।

यता, आर्मीका प्रशिक्षक मेघराज केसीले पनि दुवै टिम राम्रो खेलेर फाइनल आइपुगेकाले दुवै टिम बलियो भएको बताए। उनले उपाधिका निकै मेहनत गर्नुपर्ने बताए। राष्ट्रिय र विदेशी खेलाडीको समिश्रणले मछिन्द्र बलियो भएको बताउँदै उनले युवा खेलाडीको साथले आर्मी पनि बलियो भएको बताए।

९ टोली सहभागी प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।

यसैबीच, फाइनल खेल हेर्न फिफा विश्वकप विजेता तथा इटालीका पूर्वगोलकिपर जियानलुजी बफोन नेपाल नेपाल आएका छन्।