युरोपा लिगमा युनाइटेड रोकियो, टोटनहम पराजित

7 Mar, 2025
Share:
117 Shares

युरोपा लिगको अन्तिम १६को पहिलो लेगमा इंग्लिस क्लब म्यान्चेस्टर युनायटेड बराबरीमा रोकिएको छ। बिहीबार राति भएको खेलमा युनाइटेड स्पेनिस क्लब रियल सोसिडाडसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

खेलमा सुरुआतमा लिएको अग्रता जोगाउन नसक्दा युनाइटेड रोकियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेला ५७औं मिनेटमा जोसुआ जर्क्जीको गोलमा युनाइटेडले सुरुआती अग्रता लियो। उनले गर्नाचोको पासमा गोल गरेका थिए।

७०औं मिनेटमा सोसिडाडले बराबरी गोल फर्कायो। युनायटेडका कप्तान ब्रुनो फर्नान्डेसले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा सोसिडाडका कप्तान ओयासाबेलले गोल गरेका थिए। त्यसपछि खेलमा थप गोल नहुँला बराबरीमा सकियो।

यस्तै, अर्को खेलमा टोटनहम पराजित भएको छ। ऊ एएठ अल्कमारसँग १–०ले पारजित भयो। १८औं मिनेटमा टोटनअमकै लुकास बेर्गवालले आत्मघाती गोल गरेका थिए।

यस्तै, अन्य अन्यलमा रोमा, लियोन, लाजियो, फ्रांकफर्ट विययी भएका छन्।