प्रिमियर लिगमा वेस्टहममाथि न्युकासलको जित

11 Mar, 2025
Share:
117 Shares

इंग्लिस प्रिमियर लिगमा न्युकासल युनायटेड विजयी भएको छ। सोमबार राति भएको खेलमा न्युकासलले वेस्टहममाथि १–०को जित निकाल्यो।

वेस्टहमको मैदानमा भएको खेलमा न्युकासलका लागि कप्तान ब्रुनो गुइमारेसले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा उनले ६३औं मिनेटमा हार्वी बर्नेसको पासमा गोल गरेका थिए।

यो जितपछि न्युकासल ४७ अंकसहित छैठौं स्थानमा उक्लिएको छ। यता, वेस्टमहम भने ३३ अंकसहित १६औं स्थानमा छ।