५६ वर्षपछि न्युकासलले जित्यो उपाधि

17 Mar, 2025
Share:
117 Shares

न्युकासल युनाइटेडले झन्डै ६ दशक लामो उपाधिबिहीन यात्रालाई टुंग्याएको छ। न्युकासलले ५६ वर्ष लामो उपाधिबिहीन यात्रा टुंग्याउने क्रममा कारबाओ कपको उपाधि जितेको हो।

उसले अन्तिम पटक सन् १९६९ मा इन्टर सिटी फेयर्स कपको उपाधि जितेको थियो। यस्तै, उसले डोमेस्टिक उपािध जितेको भने यो ७० वर्षपछि हो। उसले सन् १९५५मा एफए कप जितेको थियो।

आइतबार राति वेम्बलीमा भएको फाइनलमा लिभरपुलमाथि २–१को जित निकाल्दै न्युकासलले उपाधि जितेको हो। न्युकासलाई च्याम्पियन बनाउने क्रममा डान बुर्न र अलेक्जान्डर इसाकले गोल गरे। लिभरपुलका फेडेरिको चिएसाल गोल गरेका थिए।

४५औं मिनटमा बर्नले गोल गर्दै न्युकासललाई अग्रता दिलाए। ५२औं मिनेटमा इसाकले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। इन्जुरी समयको चौथो मिनेटमा चिएसाले गोल गर्दै भिलरपुललाई खेलमा फर्काउने प्रयास गरे पनि थप गोल नहुँदा न्युकासल विजयी भयो।