सिंगापुर र मलेसियाविरुद्ध खेल्ने नेपाली टिमको बिदाई

18 Mar, 2025
Share:
117 Shares

सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ।

मंगलबार काठमाडौंको कोटेश्वरस्थित डिस बुटिक होटलमा आयोजित कार्यक्रममा नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलगायतले बिदाई गरिएको हो।

कार्यक्रममा राष्ट्रिय टिमका कप्तान करिण चेम्जोङले नयाँ प्रशिक्षकको प्रशिक्षण राम्रो भएका टिममा सकारात्मक परिवर्तन आउने अपेक्षा गरे। नेपाली टिमले करिब २ साता प्रशिक्षण गरेको थियो।

नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले यही भ्रमणमाथि औपचारिक रुपमा नेपाली टिमको प्रशिक्षण यात्रा सुरु हुनेछ। उनको कार्यकाल १ वर्षको छ।

उनले यी दुई खेलका लागि सोमबार तीन नयाँ खेलाडीलाई समेट्दै २३ सदस्यीय टिम घोषणा थिए। जसमा उनले स्ट्राइकर सुवास ठकुरी बम, डिफेन्डर सुमन श्रेष्ठ र गोलकिपर एञ्जल श्रेष्ठलाई पहिलो पटक टिममा मौका दिएका छन्।

यस्तै, उनले पछिल्लो समय चोटका कारण टिममा नरहेका अनन्त तामाङ र लकेन लिम्बुलाई टिममा राखेका छन् भने कृतिश रत्न छुन्जु र रेजिन सुब्बाले पुनरागमन गरेका छन्।

बन्द प्रशिक्षणमा रहेका गोलकिपर विशाल सुनार, डिफेन्डर आशिष गुरुङ तथा स्ट्राइकरद्वय नीराजन धामी र सृजनराज गौतमले अन्तिम टिममा स्थान बनाउन सकेन।

नेपालले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने मार्च २५ मा मलेसियासँग उसैको मैदानमा एसियन कप छनोटको अन्तिम चरणको पहिलो खेल खेल्नेछ।

नेपाली टिम : किरणकुमार लिम्बु, दीप कार्की, अन्जल श्रेष्ठ (गोलकिपर), अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ (डिफेन्डर), रोहित चन्द, लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी, कृतिश रत्न छिन्जु, आयुष घलान (मिडफिल्डर), जिलेस्पी जंग कार्की, अन्जन विष्ट, सुवास ठकुरी बम, रेजिन सुब्बा (स्ट्राइकर) ।