जिलेस्पीको गोलमा पहिलो हाफमा नेपाललाई अग्रता

21 Mar, 2025
Share:
117 Shares

सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको छ।

सिंगापुर नेसनल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले १–०को अग्रता लिएको हो।

नेपालका लागि खेलको १२औं मिनेटमा स्ट्राइकर जिलेस्पीजंग कार्कीले गरे। उनले मनिष डाँगीकाे क्रसमा डिबक्स भित्रबाट ट्यापइनमा गोल गरेका हुन्।

राष्ट्रिय टिमका नियमति सदस्य जिलेस्पीको यो लागतार दोस्रो गोल हो। यसअघि उनले अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि गोल गरेका थिए।

म्याट रोसको प्रशिक्षणमा पहिलो पटक खेलेको नेपाली टिमले बलियो सिंगापुरविरुद्ध उत्कृष्ट प्रदर्शन गरिरहेको छ।