मेसीविनै उरुग्वेमाथि अर्जेन्टिनाको जित

22 Mar, 2025
Share:
117 Shares

विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी भएको छ। शनिबार बिहान भएको खेलमा अर्जेटिनाले उरुग्वेमाथि उसकै मैदानमा १–०को जित निकालेको हो।

अर्जेन्टिना आफ्ना स्टार कप्तान लियोनल मेसीविनै मैदान उत्रिएको थियो। क्लब फुटबलका क्रममा सामान्य घाइते भएपछि मेसी अर्जेन्टिनी टिममा छैन। यस्तै, अभ्यासका क्रममा घाइेत भएपछि लाउटारो मार्टिनेजले पनि उरुग्वेविरुद्धको खेल गुमाएका थिए।

अर्जेन्टिनालाई जित दिलाउन थिएगाे अल्माडाले निर्णायक गोल गरे। ६८औं मिनेटमा थियागो अल्माडाले पासमा गोल गरेका थिए।

इन्जुरी समयमा अर्जेन्टिना १० खेलाडीमा समेटियो। इन्जुरी समयको पाँचौं मिनेटमा उसका निकोसल गोन्जालेसले रातो कार्ड पाएका थिए।

विश्वकप छनोटमा अर्जेन्टिनाको यो नवौं जित हो। ऊ १३ खेलमा २८ अंक जोड्दै शीर्ष स्थानमा छ । उरुग्वे २० अंकसहित तेस्रो स्थानमा छ।

यस्तै, अर्को खलेलमा भेनेजुएलामाथि २–१को जित निकाल्दै इक्वेडर छनोट दोस्रो स्थानमा उक्लिएको छ। खेलमा इक्वेडरका लागि इनर भ्यालेन्सियाले ३९ र ४६औं मिनेटमा गोल गरेका थिए भने भेनेजुएलाका लागि दोस्रो हाफको इन्जुरी समयमा जोन्डर काडिजले गोल गरेका थिए।

७०औं मिनेटमा भ्यालेसिया नै पेनाल्टीमा गोल गर्न असफल भएका थिए। जित पनि इक्वेडरको १३ खेलमा २२ अंक भएको छ। ऊ ब्राजिललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो। भेनेजुएला १२ अंकसहित आठौं स्थानमा छ।