पिएसजीविरुद्ध साम्बाले गरिन् २ गोल, तर टिम पराजित

22 Mar, 2025

फ्रेन्च महिला लिगमा नेपाली स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) २ गोल गरेकी छिन्।

अभेन्ट गुनगाम्प आबद्ध साम्बाले शुक्रबार राति भएको खेलमा पिएसजी विरुद्ध गोल गरेकी हुन्।

तर, सावित्राले २ गोल गरेपनि उनको टिम अभेन्ट गुनगाम्प भने पराजित भयो। सो खेलमा अभेन्ट गुनगाम्प पिएसजीसँग ६–२को फराकिलो अन्तरले पराजित भयो।

खेलमा सावित्राले ५८औं र ८८औं मिनेटमा गोल गरेकी थिइन्। फ्रेन्च लिगमा उनले कुल तीन गोल गरेकी छिन्।

महिला लिगमा पिएसजी १८ खेलबाट ४२ अंकका साथ दोस्रो स्थानमा छ । खराब प्रदर्शन गरिरहेको ग्वेङगाम्प भने समान खेलबाट ३ अंकका साथ पुछारमा छ। उसले १८ खेलमा १७ खेलमा हार र १ जित निकालेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]