मलेसिया पुग्यो नेपाली फुटबल टिम

22 Mar, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय फुटबल टिम मलेसिया पुगेको छ। नेपाली टिम शनिबार बिहान सिंगापुरबाट मलेसिया पुगेको हो।

नेपाली टिम सिंगापुरसँगको मैत्रीपूर्ण खेललगत्तै मलेसिया पुगेको हो। शुक्रबार साँझ भएका खेलमा नेपालले सिंगापुरमाथि १–०को जित निकालेको थियो। यो नेपालको सिंगापुरविरुद्धको पहिलो जित थियो।

एएफसी एसियन कप छनोटको तेस्रो चरण खेल्ने नेपाली टिम सिंगापुरबाट मलेसिया पुगेको हो।

छनोट पहिलो खेल नेपालले घरेलु टोली मलेसियासँग मार्च २५मा खेल्ने तालिका छ।