अर्जुन कुमाल बने शतक बनाउने पिएम कपका कान्छा खेलाडी

24 Mar, 2025
Share:
117 Shares

युवा ओनपर अर्जुन कुमालले प्रधानमन्त्री एकदिवसीय क्रिकेटमा शतक प्रहार गरेका छन्। भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी खेलमा अर्जुनले मधेश प्रदेशविरुद्ध शतक बनाएका हुन्।

१९ वर्षीय अर्जुनलले गण्डकी प्रदेशका लागि लुम्बिनीविरुद्ध १४० बलमा १० चौका र १ छक्का मद्दछमा १०६ रनको इनिङ खेले।

योसँगै उनले पिएम कपमै शतक बनाउने कान्छा खेलाडीको कीर्तिमान बनाएका छन्। उनी १९ वर्ष १०३ दिनका मात्र भए। उनलाई नेपाली राष्ट्रिय टिमको भविष्यको ओपनरका रुपमा हेरिएको छ।

यस्तै, जारी सिजनको यो चौथो शतक हो। यसअघि सुदूरपश्चिमका किरण ठगुन्नाले २ र त्रिभुनव आर्मी क्लबका तृतराज दासले १ शतक बनाएका छन्।