मलेसियाविरुद्ध अञ्जन विष्ट बेञ्चमा, को-को परे टिममा?

25 Mar, 2025
Share:
117 Shares

नेपालले केहीबेरपछि एएफसी एसियन कपको तेस्रो चरणको छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियासँग खेल्दै छ।

मलेसियाको इस्कान्दर पुटेरी, जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा ७ः४५मा सुरु हुने खेलका लागि नेपाली टिमका मूख्य प्रशिक्षक म्याट रोसले सुरुआती ११ सार्वजनिक गरेका छन्।

यसैसाता सिंगापुरलाई उसकै मैदानमा हराउँदाका टिममा प्रशिक्षक रोसले १ परिवर्तन गरेका छन्। उनले स्टार स्ट्राइकर अञ्जन विष्टलाई बेन्चमा राखेका छन्।

उनको स्थानमा प्रशिक्षक रोसले अट्याकिङ मिडफिल्डर लाकेल लिम्बूलाई टिममा राखेका छन्।

मलेसियाविरुद्ध अहिलेसम्म गोलसमेत गर्न नसकेको नेपालले जितको लक्ष्य राखेको छ। यसअघिका ५ भीडन्तमा नेपाल पछिल्ला चार खेलामा पराजित भएको छ। सुरुआती खेल भने गोलरहित बराबरीमा सकिएको थियो।

वरियतामा पनि मलेसिया नेपालभन्दा ४३ स्थान माथि छ । हाल मलेसिया १३२औं र नेपाल १७५औं स्थानमा छ।

नेपाली टिम : किरण चेम्जोङ (कप्तान), सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, एरिक विष्ट, लकेन लिम्बु, सुमित श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र जिलेस्पीजंग कार्की।