एम्बाप्पे चम्किँदा लेगानेसमाथि रियलको पुनरागमन जित

30 Mar, 2025

फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरेपछि ला लिगामा रियल मड्रिड विजयी भएको छ। शनिबार राति भएको खेलमा एम्बाप्पे चम्किँदा रियलले लेगानेसमा ३–२को पुनागमन जित निकाल्यो।

घरेलु मैदानमा भएको खेलमा रियलका लागि एम्बाप्पेले २ गोल गरे भने अर्को गोल जुड बेलिङघमले गरेका थिए। यता, लेगानेसका डिएगो गार्सिसा र डानी राबाले गोल गरेका थिए।

खेलमा अग्रता रियलले नै लियो। उसका लागि ३२औंमा एम्बाप्पेले पेनाल्टीमा गोल गरेका थिए। तर, उसको अग्रता १ मिनेट पनि टिक्न सकेन। ३३औं मिनेटमा गार्सियाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ४१औं मिनेटमा राबाले गोल गरेपछि लेगानेसले पहिलो हाफमा २–१को अग्रता बनायो।

दोस्रो हाफको सुरुआतमै रियलले खेलालाई बराबरीमा ल्यायो। ४७औं मिनेटमा रियलका बेलिङ्घमले गोल गरेका थिए। ७६औं मिनेटमा एम्बाप्पेले नै गोल गरेपछि रियलले लेगानेसमाथि ३–२को पुनरामगन जित निकाल्यो।

यस्तै, अन्य खेलमा एट्लेटिको मड्रिड स्पानियोलसँग १–१को बराबरीमा रोकिएको छ भने रियल सोसिडाडाले भालाडोलिडमाथि २–१को जित निकालेको छ।

रियल ६३ अंकसहित दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना समान अंक भएपनि गोलन्तरमा अघि रहँदै शीर्ष स्थानमा छ। एट्लेटिको मड्रिड ५७ अंकसहित तेस्रो स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]