रुडिगरको निर्णायक गोलमा रियल कोपा डेल रेको फाइनलमा

2 Apr, 2025

एन्टोनियो रुडिगरको निर्णायक गोल मद्दतमा स्पेनिस जायन्ट रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको सेमिफाइनलका दोस्रो लेगमा रियल सोसिडाडसँग ४–४को बरारबी खेल्दै समग्रमा ५–४को जितसहित रियल फाइनलमा प्रवेश गरेको हो।

पहिलो लेगमा रियल १–०ले विजयी भएको थियो। दोस्रो लेगमा रियल मड्रिड सोसिडाडसँग ४–३ले पराजित भयो। समग्रमा खेल ४–४को बराबरीमा सकिएपछि खेलमा थप ३० मिनेट थप गरिएको थियो। जसमा गोल गर्दै रियल विजयी भयो।

खेलमा रियलका लागि एन्ड्रिक, जुड बेलिङघम, औरालेन चुआमेनी र रुडिगरले गोल गरे। यता, सोसिडाडका कप्तान मिकेल ओयासाबेलले २ गोल गर्दा आन्द्रे बारानाचेओले गोल गरे। अर्को गोल आत्मघाती भएको थियो।

खेलमा अग्रता सोसिडाडले १६औं मिनेटमा बारानाचेओको गोलमा लियो। तर, ३०औं मिनेटमा एन्ड्रिकले गोल गर्दै खेलाई बराबरीमा ल्याए। पहिलो हाफ १–१कै बराबरीमा सकियो।

७२औं मिनेटमा डेविड अलमबाले आफ्नै पोस्टमा गोल गरेपछि सोसिसाडले पुनः खेलमा अग्रता लियो। ८०औं मिनेटमा ओयासाबेलले गोल गरेपछि खेलमा सोसिडाडले ३–१को अग्रता बनायो। तर, ८२औं मिनेटमा बेलिघङमले गोल गर्दै रियललाई खेलमा फर्कायो।

८६औं मिनेटमा चुवामेनीले गोल गरेपछि खेल ३–३को बराबरीमा आयो। र, रियल समग्रमा १ गोलको अग्रतासहित जिततर्फ अग्रसर भयो। तर, इन्जरी समयको तेस्रो मिनेटमा आयोसाबेलले गोल गरेपछि सोसिडाड खेल ४–३ले जित्दै समग्रमा ४–४को बाराबरी गरेको थियो।

त्यसपछि खेलमा थप ३० मिनेट थप गरिएको थियो। थप गरिएको समयको २५औं मिनेटमा रुडिगरले गोल गर्दै खेलालाई ४–४को बराबरीमा ल्याउँदै रियललाई समग्रमा ५–४को जित दिलाए।

अब रियलले उपाधिका लागि एट्लेटिको मड्रिड र बार्सिलोनाबीचको विजेतासँग खेल्ने छ।