ब्राजिलियन लिजेन्ड रोबर्टाे कार्लोस नेपाल आउने

5 Apr, 2025
Share:
117 Shares

ब्राजिलियन लिजेन्ड फुटबल रोबर्टो कार्लोस नेपाल आउने भएका छन्।

सन् २००२का विश्वकप विजेता कार्लोस जारी नेपाल सुपर लिग हेर्न नेपाल आउने भएका हुन्।

शनिबारको धनगढी एफसी र ललितपुर एफसीबीचको खेलको हाफ टाइममा एनएसएलले कार्लोस नेपाल आउने घोषणा गरेको हो। कार्लोसको सन्देशसहितको भिडियो दशरथ रंगशालाको ठूलो स्कृनमा देखाइएको थियो।

५१ वर्षिय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए। ब्राजिलका लागि उनले १२५ खेल खेल्दै १० गोल गरेका छन् ।

उनी विश्वकै उत्कृष्ट डिफेन्डर मध्ये एक हुन्। विशेषगरी उनी फ्रिकिकमा कर्भ प्रहारमार्फत गोल गर्न माहिर थिए। उनले फ्रिकिकमा क्लब र देशका लागि थुप्रै गोल उत्कृष्ट गोल गरेका छन्।

कार्लोस स्पेनिस क्लब रियल मड्रिडका पनि लिजेन्ड हुन्। ११ सिजन रियलमा बिताउँदा उनले ५२७ खेल खेल्दै ६९ गोल गरेका थिए।