महिला फुटबलर रेनुका सम्मानित

7 Apr, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य रेनुका नगरकोटे सम्मानित भएकी छिन्।

गुरुकुल एजुकेशनल फाउन्डेशन नेपालले सोमबार रेनुकालाई ‘कवि क्षेत्र प्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार’बाट सम्मान गरेको हो।

रेनुका नेपाली महिला फुटबल टिमकी मुख्य खेलाडी हुन्। ड्रिब्लिङ, पासिङ र डिफेन्सिभ क्षमतामा अब्बलका कारण उनले आफूलाई राष्ट्रिय टिममा स्थापित गरेकी छिन्।

सोमबार एक कार्यक्रमबीच रेनुकालाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरियो। पुरस्कारको राशी ५० हजार रुपैयाँ छ।

रेनुकालाई पोएट आईडलका जज विप्लप प्रतीक, गुरुकुल एजुकेसन फाउण्डेसनका अध्यक्ष विनोद दवाडी, एनसीएमका प्रिन्सिपल सुशील भक्त माथेमा, एनसिएमका बोर्ड मेम्बर अमन प्रताप अधिकारीले संयुक्त रुपमा रेनुकालाई सम्मान गरे।

अनसङ हिरोको रुपमा रहेको रेनुकाको फुटबलमा प्रेरणादायी योगदानको कदर गर्दै रेनुकालाई सम्मान गरिएको जनाएको छ।