मैत्रीपूर्ण खेलमा ब्राजिल जापानसँग पराजित भएको छ। शनिबार साँझ भएको खेलमा इन्जुरी समयमा सम्हालिन नसक्दा ब्राजिल ३–२ले पराजित भयो।
खेलमा २० मिनेटमै ब्राजिल २ गोलले पछि परेको थियो। जापानका टाकेफुसा कुबोले १५ र केइटो नाकामुराले १९औं मिनेटमा गोल गरेका थिए।
तर, ३३औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई खेलमा फर्काए। ७५औं मिनेटमा पुनः भिनिसियसले गोल गरेपछि खेल २–२को बराबरीमा आयो।
इन्जुरी समयको पहिलो मिनेटमा टासुहिरो साकामोटोले गोल गरेपछि खेलमा जापनले फेरि अग्रता लियो।
गोलभएपछि रेफ्रिको निर्णयमा असहमति जनाएपछि ब्राजिललका मुख्य प्रशिक्षक कार्लो एन्सोलोटी र बेन्चमा रहेका राफिन्हाले रातो कार्ड पाएका थिए।
एसिया भ्रमणमा रहेको ब्राजिलले अब सिंगापुरसँग खेल्ने छ।
