च्याम्पियन्स लिगमा रियल मड्रिडले लागतार पाँचौं जित निकालेको छ। मंगलबार राति भएको खेलमा रियलले पीएसभी आइन्डहोभनलाई ५–१ ले हरायो। यो सिजन रियलले शतप्रतिशत जित निकालेको छ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा सुरुवातमा एक गोलले पछि परेपनि रियलले पुनरागमन गर्दै पाँच गोल गरेको हो। रियलको जितमा किलियन एम्बाप्पेले २ गोल गरे भने जुड बेलिङ्घम, भिनिसियस जुनियर र कप्तान फेडेरिको भाल्भर्डेले गोल गरे। यता, पिएसभीका इभान पेरिसिचले गोल गरेका थिए।
खेलमा ३२औं मिनेटमा पेरेसिचले पेनाल्टीमा गोल गर्दै पीएसभीलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफमा भने रियलले उत्कृष्ट उनरामगान गरेको थियो। भालभर्डेले ५०औं मिनेटमा रियलका लागि बराबरी गोल फर्काए। त्यसपछि जुड बेलिङघहमले ६०औं मिनेटमा गोल गरेपछि रियलले अग्रता लियो।
एमबाप्पेले ६४औं र ८४औं मिनेटमा गोल गरेपछि रियल ४–१को सहज अवस्थामा आयो। भिनिसियसले ८७औं मिनेटमा गोल गरेपछि रियल ५–१को फराकिलो अन्तरले विजयी भयो। ।
लगातार पाँचौं जितपछि रियल १५ अंक जोड्दै च्याम्पियन्स लिगको अंक तालिकामा शीर्ष स्थानमा छ।
