यू-१९ एसिया कपका लागि नेपाली टिमको बदाई

26 Nov, 2024

युएईमा हुने एसिसी यू–१९ एसिया कप खेल्न लागेको नेपाली यू–१९ टिमको बिदाई गरिएको छ। मंगलबार एक कार्यक्रमबीच ब्यमा सचिव पारस खड्का, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतले नेपाली टिमलाई शुभकामना दिँदै बिदाई गरे।

कार्यक्रममा क्यानका सचिव पारसले खड्काले पारसले दबाव नलिईकन क्षमता अनुसारको प्रदर्शन गर्न शुभकामना दिए । विश्वकपमा छनोटका लागि यो तयारी भएको बताउँदै एसिया कप खेल्नु पनि एउटा गौरवको क्षण भएको उल्लेख गरे। उनले यू–१९ क्रिकेट पनि क्यानको प्राथमिकतामा रहेको बताए।

यस्तै, कार्यक्रममा मुख्य प्रशिक्षक शक्ति गौचनले प्रतियोगिताका लागि नेपाली टिम तयार भएको बताउँदै कर्नाटकसँगको सिरिज टिममा फाइदा पुगेको बताए। उनले एसिया कपमा राम्रो खेल्ने प्रतिबद्धता व्यक्त गरे।

क्यानले केही दिनअघि मात्र हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको थियो। टिममा अघिल्लो वर्ष भएको यू–१९ विश्वकप खेलेका अर्जुन कुमाल, आकश त्रिपाठी, उत्तम थापामगरलगायत छन्।

प्रतियोगिता नोभेम्बर १९ देखि डिसेम्बर ८ सम्म युइईमा आयोजना हुनेछ। प्रतियोगितामा नेपाल समूह बीमा छ। यो समूहमा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन्। यस्तै, समूह एमा भारत, पाकिस्तान, जापान र युएई छन्।

नेपालले पहिलो खेल नोभेम्बर २९ मा श्रीलंकासँग खेल्नेछ। यस्तै, दोस्रो खेल डिसेम्बर १मा बंगलादेश र अन्तिम खेल डिसेम्बर ३ मा अफगानिस्तानसँग खेल्नेछ।

नेपाली टिम : हेमन्त धामी (कप्तान), अर्जनु कुमाल, आकाश त्रिपाठी, उतत्म रंगु थापा मगर, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी, रन्जित कुमार।