यू–१९ महिला एसिया कप खेल्ने नेपाली टिमको बिदाई

12 Dec, 2024

एसिसी यू–१९ महिला एसिया कप खेल्ने नेपाली यू–१९ क्रिकेट टिमको बिदाई गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार टियू मैदानमा एक कार्यक्रमम गर्दै एसिया कपका लागि नेपाली टोलीलाई बिदाई गरेको हो।

पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ।

यू–१९ महिला एसिया कप मंसिर डिसेम्बर १५ देखि २२ सम्म युएईमा हुँदैछ। प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र मलेसिया सहभागी छन्।

प्रतियोगितामा नेपाल भारत र पाकिस्तासँगै समूह बीमा छ। नेपालले पहिलो खेल पाकिस्तानसँग डिसेम्बर १६मा खेल्ने छ। यस्तै, भोलिपल्टै दोस्रो खेल भारतसँग खेल्ने छ।

गत कात्तिकमा युएईमा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो। सोही प्रतियोगिताबाट नेपालले एसिया कपमा पनि स्थान बनाएको हो।

नेपाली टिमः पुजा महतो, सोनी पाख्रीन, साना प्रवीन, ज्योत्सिका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत।