अञ्जन विष्टको कप्तानीमा एनआरटीले जित्यो इलाम गोल्डकप उपाधि

14 Dec, 2024
Share:
117 Shares

नेपाली राष्ट्रिय टिमका स्टार स्ट्राइकर अञ्जन विष्टले आफ्नो कप्तानीमा न्युरोड टिम (एनआरटी)लाई पहिलो उपाधि दिलाएका छन्।

आफ्नो कप्तानीमा एनआरटीलाई पहिलो उपाधिका लागि अञ्जनले इलाम गोल्डकप दिलाएक हुन्। अञ्जन इलाम गोल्डकपको ठीकअघि मात्र ए डिभिजन लिग च्याम्पियन चर्च बोइज छाड्दै एनआरटी आएका थिए।

फाइलनमा एनआरटीले अञ्जनकै पूर्वक्लब चर्चा बोइजलाई नै हराएको हो। शनिबार सम्पन्न फाइलनमा एनआरटीले चर्च बोइजमाथि ३–०को एकतफी जित निकाल्यो। चर्चा बोइजको कप्तानी राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङले गरेका थिए।

दोस्रो ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि जितसँगै एनआरटीले १० लाख रुपैयाँसहित ट्रफी उचाल्यो। यता, चर्चा बोइजले भने ५ लाख रुपेयाँमा चित्त बुझायो। एनआरटी डिफेन्डिङ च्याम्पियन पनि हो।

प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, किपर, मिडफिल्डर, डिफेन्डर, कोच र उदीयमान खेलाडीलाई नगद ११ हजार रुपैयाँ प्रदान गरियो ।

मंसिर २२ गतेदेखि सुरु भएको प्रतियोगितामा एनआरटी, चर्च ब्वाइज युनाइटेड, संकटा, त्रिभुवन आर्मी, जिटिए दार्जिलिङ, रेडस्टार झापा, मच्छिन्द्र र आयोजक रेडहर्स क्लब सहभागी थिए।

यो पटक प्रतियोगिताको पुरस्कार राशी शतप्रतिशत वृद्धि गरिएको थियो।